Biratnagar, Morang, Nepal
२१ असार २०८३, आइतवार
+977 21 450305, 515728, 578305
समाज

हात्तीले श्रीमति र छोरा मार्यो, धपाउनलाई आगो बाल्दा घर पनि जल्यो

उद्‌घोष संवाददाता
२१ असार २०८३, आइतवार

Advertisement

चितवन । भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणमा परी आमाछोराको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार पूर्ण बहादुर बोटेको घरमा शनिबार राती सुतिरहेका बेला हात्तीको आक्रमणमा परी २५ वर्षीया श्रीमति आशिका बोटे र उनका चार वर्षीय छोरा भरतको घटनास्थलमा नै मृत्यु भएको हो ।

हात्ती धपाउन आशिकाका श्रीमान् पूर्णले आगो बाल्दा उनको कच्ची घरमा समेत आगलागी भएर जलेको छ । आगो प्रहरी र स्थानीयको सहयोगमा निभाइएको थियो ।

View : 49

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved