Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

१५ दिनमा ६६१ वटा विपद्का घटना, ३४ जनाको मृत्यु

उद्‌घोष संवाददाता
१६ वैशाख २०८३, बुधवार

काठमाडौं । विगत १५ दिनमा मुलुकभर विभिन्न प्रकारका प्राकृतिक विपद्का घटनामा ३४ जनाको मृत्यु भएको छ भने १३९ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही वैशाख १ गतेदेखि १६ गतेसम्म मुलुकभर विभिन्न प्रकारका प्राकृतिक विपद्का ६१६ घटना घटेका छन् ।

यी घटनामा परी ३४ जनाको मृत्यु भएको छ भने १३९ जना घाइते भएका छन् ।

प्राधिकरणकाबाट प्राप्त तथ्यांकअनुसार उक्त अवधिमा ८२९ परिवार प्रभावित भएका छन् । विपद्का कारण २५० घरमा आंशिक र ६५ घरमा पूर्ण क्षति पुगेको छ । साथै ७८ गोठमा क्षति पुगेको छ भने २१३ वटा पशुचौपाया नष्ट भएका छन् ।

यी घटनाबाट करिब रु १० करोड ९२ लाख ५५ हजार बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ ।

घटनाको प्रकृतिअनुसार आगलागी सबैभन्दा बढी देखिएको छ । आगलागीका मात्रै २६७ घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने ठूलो धनमालको क्षति भएको छ ।

आगलागीबाट मात्रै झण्डै रु नौ करोड ७५ लाख बराबरको क्षति भएको छ । त्यस्तै, चट्याङका ७४ घटनामा नौ जनाको ज्यान गएको छ भने ४९ जना घाइते भएका छन् ।

हुरीका ४४ घटनाले ३१९ परिवार प्रभावित भएका छन् भने करिब ८३ लाख क्षति पुगेको प्राधिकरणले जनाएको छ ।

अन्य घटनामा सर्पदंश, जनावरको आक्रमण, जङ्गल डढेलो, पहिरो, भारी वर्षा तथा बाढीसमेत रहेका छन् । जंगल डढेलोका १२८ घटनामा मानवीय क्षति न्यून भए पनि भौतिक क्षति उल्लेखनीय भएको छ ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार पछिल्लो समय सुक्खा मौसम, तापक्रम वृद्धि तथा मानवीय लापरवाहीका कारण आगलागी र जंगल डढेलोका घटना बढिरहेका छन् ।

विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी, जनचेतना र प्रभावकारी व्यवस्थापन आवश्यक रहेको उनको भनाइ छ ।

View : 125

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved