Biratnagar, Morang, Nepal
२२ वैशाख २०८२, सोमवार
+977 21 450305, 515728, 578305
खेलकुद

विराटनगर किङ्सको टोली आज काठमाडौं प्रस्थान

उद्‌घोष सम्वाददाता
१२ मंसिर २०८१, बुधवार

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को तालिकामा जनकपुर बोल्ट्ससँग पहिलो खेल खेल्ने निश्चित भएको विराटनगर किङ्सको टोली बुधबार काठमाडौं प्रस्थान गरेको छ । 

विराटनगर–६ स्थित ज्वाला क्रिकेट मैदानको ‘टफ पिच’ मा १० दिन अभ्यास गरेर विराटनगर किङ्सको टोली बुधबार काठमाडौं जान लागेको हो ।

अभ्यासपछि प्रशिक्षक केभिन ओ’ब्रायनसहितको उपस्थितिमा मंगलबार अपरान्ह आयोजित पत्रकार भेटघाटमा विराटनगर किङ्सका खेल निर्देशक दिपेन्द्र चौधरीले टोली सम्पूर्ण रूपमा खेल्नका लागि तयार भएको बताएका थिए । 

उनले हरेक दिन उच्च अनुशासनमा बसेर उत्कृष्ट अभ्यास पूरा गरेको जानकारी दिए । अभ्यास सकिएका कारण ट्रफी विराटनगर ल्याउने मनोबलका साथ टोली काठमाडौं जाने बताए ।

विराटनगर किङ्सका लगानीकर्ता पारस लुनियाले मार्की खेलाडी सन्दीप लामिछाने हुनु र उनीसँगै मिलेर टिम बनेका कारण हरेक खेलमा विराटनगरले उत्कृष्ट प्रदर्शन गर्ने बताए ।

‘खेलको समीकरण बनेको छ, हामीमा राम्रो ब्यालेन्स छ’ उनले भने, ‘हामी मिलेर अघि बढेका छौं, अब अझ राम्रो खेलको लागि टोली काठमाडौं जानेछ ।’

प्रशिक्षक केभिन ओ’ब्रायनले भने आफ्नो टिमका १५ जना खेलानी नै सबैभन्दा उत्कृष्ट रहेको बताए । उक्त अवसरमा विराटनगर किङ्सका अर्का लगानीकर्ता सुयश प्याकुरेलले यो प्रतियोगिताबाट नेपाली क्रिकेटमा विराटनगरलाई पुनरागमन गर्न मद्दत पुग्ने बताए ।

View : 208

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved