विराटनगर । विष्णुमाया पुस्तकालयले जिल्ला प्रहरी कार्यालय मोरङलाई २०० थान पुस्तक र पत्रपत्रिका प्रदान गरेको छ ।
शुक्रबार पुस्तकालयमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कवित कटवाललाई पुस्तकालयका अध्यक्ष केशव गौतम लगायतले पुस्तकहरू हस्तान्तरण गरेका हुन् ।
प्रहरी उपरीक्षक कटवालले हिरासतमा रहेका थुनुवाहरूको आचारण सुधार अभियान चलाइरहेको बताए । पुस्तकालयले पनि सोही अभियानमा सहयोग पुर्याउन पुस्तक हस्तान्तरण गरिएको अध्यक्ष गौतमले जानकारी दिए ।
यसबाट हिरासतमा रहने थुनुवाहरूलाई पुस्तक तथा पत्रपत्रिका पढ्ने सुविधा पुग्ने जनाइएको छ ।
सोही अवसरमा उद्घोष दैनिकका सम्पादक मोहन भण्डारीले पनि सौगात प्रकाशन प्रालिबाट प्रकासित पुस्तक र अन्य पुस्तकहरू प्रदान गरेका थिए ।
View : 162
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved