Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

अरनिकोमा भर्ना भएका एघार सय विद्यार्थीलाई अभिमुखिकरण

उद्‌घोष संवाददाता
३ साउन २०८२, शनिवार

विराटनगर । विज्ञान संकायमा उत्कृष्ट नजिता हाँसिल गर्दै आएको विराटनगर–१० स्थित अरनिको कलेजले कक्षा ११ को विज्ञान संकायमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै अभिमुखिकरण गरेको छ ।

कलेजमा भर्ना हुनका लागि इन्ट्रान्स परीक्षा दिएका दुई हजार बढी विद्यार्थीहरू मध्ये उतिर्ण भएर अरनिको रोजेका एक हजार एक सय जना विद्यार्थीहरूका लागि अभिमुखिकरण गरिएको कलेजका प्रिन्सिपल राजेश कार्कीले जानकारी दिए ।

नयाँ भर्ना भएका विद्यार्थीहरुलाई नेपालर्क चर्चित मोटिभेशनल स्पिकर डा. तारा प्रसाद गिरीले शिक्षाको महत्वबारे प्रशिक्षण र अभ्यासका माध्यमबाट उत्प्रेरित गरेका थिए ।

कलेजमा अध्ययनका लागि जमाइका, म्यानमार र भारतबाट समेत विद्यार्थीहरू आएको विज्ञान संकायका प्रोग्राम कोअर्डिनेटर विकास खनालले जानकारी दिए ।

उनले विज्ञान संकायमा उत्कृष्ट शैक्षिक उपलब्धि हाँसिल गरेकै कारण अरनिकोमा नेपालका विभिन्न जिल्लादेखि अप्रिकन मुलुकसम्मका विद्यार्थीहरूको रोजाई बनेको उनले दाबी गरे । 

अरनिकोबाट प्रत्येक वर्ष मेडिकल तथा इन्जिनियरिङमा पूर्ण छात्रवृत्तिमा उल्लेख्य संख्यामा विद्यार्थी उतिर्ण हुने गरेका छन् । 

यस बर्ष भर्ना भएका नयाँ विद्यार्थीहरूलाई पठनपाठन र अनुशासन पालना लगायतका विषयमा अभिमुखीकरण गरिएको जनाइएको छ । कलेजले इन्ट्रान्स परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरू नितिशकुमार गुप्ता र मान्सी मण्डललाई ‘अरनिको प्रिन्सिपल छात्रवृत्ति’ प्रदान गरेको छ ।

त्यसैगरी २०८१ सालको एसईई परीक्षामा अरनिको माविबाट सर्वोत्कृष्ट नजिता हासिल गर्ने अग्रता डंगोललाई राजबहादुर–कमला कुँवर छात्रवृत्ति प्रदान गरिएको जनाइएको छ । अरनिकोमा विज्ञान संकायमा २३ वटा कक्षा संचालन हुने छन् ।

View : 435

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved