Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
खेलकुद

प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव वाग्ले फेरी विवादमा

कारवाही गर्न उषु संघको माग
उद्घोष सम्वाददाता
७ वैशाख २०८१, शुक्रवार

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्ले विवादमा आउने क्रम रोकिएको छैन । उनी कहिले आर्थिक अनियमितता, कहिले आफुखुसी प्रशिक्षक छनौट त कहिले खेलकर्मीहरुमाथि दुर्व्यवहारका घटनामा जोडिने गरेका छन् ।

पछिल्लो पटक मोरङ जिल्ला उषु संघ विराटनगरले वाग्लेमाथि कारवाहीको माग गर्दै आन्दोलित बनेको छ । उनले आफ्नो पदीय जिम्मेवारी विपरित कार्य गरेको भन्दै संघले कारवाहीको माग गरेको हो । 

संघले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी सदस्य सचिव वाग्लेले खेलकुदजन्य कार्यमा सम्लग्नलाई निरुत्साहित गर्ने साथै उषु खेल प्रशिक्षक विनोद मरिकलाई दुर्व्यवहार गरेकोले कार्वाही गर्न माग गरिएको हो ।

सदस्य सचिव हंसराज वाग्लेले मरिक अश्लिल शब्दका साथ गालीगलौच गरी दुर्व्यवहार गरिएको भन्ने आरोप लगाइएको छ । यसका लागि जिल्ला प्रशासन कार्यालय मोरङमा पनि वाग्लेलाई कार्वाहीका लागि बुधबार निवेदन दिएको संघका मोरङ अध्यक्ष मरिकले निवेदन दिएका छन् । 

मरिक अधिकृत तृतीय तहका प्रशिक्षकसमेत हुन् । १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उसु खेलको १२ स्वर्णको प्रतिस्पर्धामा ८ स्वर्ण पदक मरिक मातहतको विराटनगरले प्राप्त गर्न सफल भएको थियो ।

खेलकुदका विकासका लागि दोषीलाई कार्वाही र राम्रो काम गर्नेलाई प्रोत्साहन गर्नु पर्नेमा आफ्नो समिति रहेको उषु संघका उपाध्यक्ष विनोद अग्रवालले बताए ।

View : 110

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved