Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
साहित्य

नरेन्द्र चापागाईं पुरस्कार सुवेदी र पोखरेललाई

उद्घोष सम्वाददाता
२७ फागुन २०८०, आइतवार

विराटनगर । शिक्षासेवी तथा साहित्यकार डा.नरेन्द्र चापागाईंको स्मृतिमा स्थापित नरेन्द्र चापागाईं भाषा साहित्य पुरस्कार यस वर्ष समालोचक दधिराज सुवेदीलाई र  नरेन्द्र चापागाईं युवा साहित्य पुरस्कार कवि जयन्ता पोखरेललाई प्रदान गर्ने निर्णय भएको छ । 

डा.नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानकी अध्यक्ष सरला चापागाईंको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले पुरस्कृत स्रष्टा छनौट गरेको संस्थाका महासचिव दिङ्लाली कान्छोले जानकारी दिएका छन् । 

पुरस्कारको राशि क्रमशः ५१ हजार र २५ हजार रहेको कोषाध्यक्ष टंकप्रसाद कोइरालाले जानकारी दिए । 

आगामी बैशाख महिनामा नरेन्द्र चापागाईं स्मृति दिवसको सन्दर्भ पारेर सो पुरस्कार वितरण गरिने बताइएको छ ।

View : 105

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved