Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन

कोशीबाट केन्द्रीय सदस्यमा प्याकुरेलसहित सात जना निर्वाचित

उद्‌घोष संवाददाता
२३ वैशाख २०८३, बुधवार

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कार्यकारिणी सदस्यमा सुयश राज प्याकुरेलसहित कोशी प्रदेशबाट सात जना उद्योगी व्यवसायीहरू निर्वाचित भएका छन् । 

उद्योग संगठन मोरङका पूर्वअध्यक्ष समेत रहेका प्याकुरेल एसोसिएट तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । १९ जना एसोसिएट सदस्यका लागि ३४ जना बिच प्रतिष्पर्धा हुँदा प्याकुरेलले १०४५ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

केन्द्रीय सदस्यमा खुल्ला सदस्यतर्फ प्रयास कार्की र कोशी प्रदेश भुगोलबाट रमेश रसाइली, गोकुल श्रेष्ठ, दीपक नेपाल, गोपाल श्रेष्ठ, जीवन पराजुली निर्वाचित भएका हुन् ।

महासंघको निर्वाचन संरचना अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू तथा विभिन्न प्रदेश र वस्तुगत संघ–संस्थाबाट प्रतिनिधित्व हुने कार्यकारिणी सदस्यहरू चयन गरिन्छन् । यही प्रक्रियाबाट देशभरका उद्योग, व्यापार, सेवा र उत्पादन क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गरिन्छ ।

संघीय संरचना अनुसार महासंघले पनि प्रदेशगत प्रतिनिधित्वलाई अझ सशक्त बनाउने उद्देश्यले प्रदेशबाट चयन हुने कार्यकारिणी सदस्यहरूको निर्वाचन गर्न थालेको हो । 

उनीहरू मार्फत प्रदेश तहबाट उद्योगी–व्यवसायीका समस्या तथा सम्भावनालाई केन्द्रीय तहमा उठाउने, लगानीमैत्री वातावरण निर्माणमा पहल गर्ने तथा स्थानीय उत्पादन र रोजगारी प्रवद्र्धनमा मद्दत पुग्ने जनाइएको छ ।

View : 195

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved