विराटनगर । विराटनगर–२ स्थित बुढानीलकण्ठ सेकेण्डरी इङ्लिस स्कूलका तीनजना विद्यार्थीले यस वर्षको एसईई परीक्षामा ४ जीपीए ल्याएका छन् ।
विद्यालयका प्रिन्सिपल मणिराज भट्टराईका अनुसार आयुष ढुंगाना, आयुषा ढुंगाना र सरस अधिकारीले ४ जीपीए ल्याएका हुन् ।
त्यस्तै, किशन अग्रवालले ३.९६ जीपीए र सेबिका दाहालले ३.९५ जीपीए ल्याएका छन् ।
विद्यालयबाट यस बर्षको एसईई परीक्षामा १०० जना विद्यार्थी उत्तीर्ण भएका छन् । तीमध्ये ६८ जनाले ३.६ देखि ४.० जीपीए प्राप्त गरेका छन् ।
२८ जनाले ३.२ देखि ३.६ जीपीए र ४ जनाले २.८ देखि ३.२ जीपीए प्राप्त गरेका छन् ।
विद्यालयले विगत वर्षझैं यस वर्ष पनि उत्कृष्ट नतिजा प्राप्त गरेको प्रिन्सिपल भट्टराईले जानकारी दिए । उनले विद्यार्थीको मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकको सहयोगका कारण यस्तो उपलब्धि सम्भव भएको बताए ।
View : 199
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved