विराटनगर । स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा बिरामीको सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेसनमा स्वास्थ्यकर्मीका लागि विशेष तालिम सम्पन्न भएको छ ।
बिहिबार आयोजित ‘सिरिन्ज पम्प तथा इन्फ्युजन पम्पको सुरक्षित र प्रभावकारी प्रयोग’ सम्बन्धी तालिममा नर्सिङ कर्मचारी तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो ।
तालिममा सिरिन्ज पम्प र इन्फ्युजन पम्पको सुरक्षित सञ्चालन, सही प्रयोग तथा बिरामीको उपचार प्रक्रियामा ती उपकरणको प्रभावकारी उपयोगसम्बन्धी ज्ञान र सीप अभिवृद्धिमा जोड दिइएको अस्पतालले जनाएको छ ।
चिकित्सा उपकरणको सही प्रयोगले उपचार प्रक्रियालाई सुरक्षित र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले स्वास्थ्यकर्मीको प्राविधिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो ।
गुणस्तरीय, सुरक्षित र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धताअनुरूप अस्पतालले स्वास्थ्यकर्मीको क्षमता विकास तथा सेवा प्रवाहमा निरन्तर सुधारलाई प्राथमिकता दिँदै आएको जनाएको छ ।
मोरङको कटहरी गाउँपालिका–२, हल्दीबारीस्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेसनले स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिका लागि यस्ता क्षमता विकासका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
View : 32
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved