विराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेध आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम मंगलबार विहान ७ बजेदेखि साँझ ७ बजेसम्म लागू हुने गरी निषेध आदेश जारी गरेका हुन् ।
जारी आदेशअनुसार निषेध अवधिमा एकै स्थानमा पाँच जनाभन्दा बढी मानिस भेला हुन नपाइने उल्लेख छ । प्रशासनले आदेशको उल्लङ्घन गर्ने व्यक्तिलाई सोही ऐनबमोजिम पाँच हजार रुपैयाँसम्म जरिवाना र एक महिनासम्म कैद हुन सक्ने चेतावनी दिएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार निषेध आदेश हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्र तथा देवानगञ्ज गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा लागू हुनेछ ।
स्थानीय क्षेत्रमा पछिल्लो समय उत्पन्न तनावलाई मध्यनजर गर्दै शान्ति–सुरक्षा कायम राख्न उक्त निर्णय गरिएको प्रशासनले जनाएको छ ।
View : 52
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved