विराटनगर । कोशी प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टीले संसदीय दललाई पूर्णता दिएको छ ।
दलले प्रदेश सभा सदस्य बाबुराम गौतमलाई संसदीय दलको उपनेता, बिद्या चाम्लिङलाई प्रमुख सचेतक र सपना दर्जीलाई सचेतकको जिम्मेवारी दिएको दलका नेता इन्द्र बहादुर आङ्बोले बताए ।
दलको निर्णयअनुसार नव नियुक्त पदाधिकारीहरूले प्रदेश सभाभित्र पार्टीको भूमिकालाई थप प्रभावकारी बनाउने जिम्मेवारी सम्हाल्ने जनाइएको छ ।
संसदीय गतिविधि, सरकारमाथिको निगरानी, नीतिगत बहस तथा जनसरोकारका विषयलाई सशक्त ढंगले उठाउने उद्देश्यसहित जिम्मेवारी बाँडफाँट गरिएको बताइएको छ ।
उपनेतामा चयन भएका गौतम पार्टीभित्र स्पष्ट राजनीतिक धार राख्ने नेताका रूपमा परिचित छन् ।
त्यस्तै, प्रमुख सचेतकको जिम्मेवारी पाएकी चाम्लिङले प्रदेश सभामा दलको उपस्थितिलाई व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
सचेतकमा नियुक्त दर्जीले सांसदहरूबीच समन्वय, बैठक व्यवस्थापन तथा पार्टी निर्णय कार्यान्वयनमा भूमिका खेल्नेछिन् ।
पार्टीले नयाँ जिम्मेवारी बाँडफाँटसँगै प्रदेश सभामा प्रतिपक्षी भूमिकालाई थप सक्रिय र व्यवस्थित बनाउने संकेत दिएको राजनीतिक वृत्तमा चर्चा छ ।
View : 103
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved