Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
शिक्षा

सरस्वती माविद्वारा पूर्वशिक्षकहरू सम्मानित

उद्‌घोष संवाददाता
१२ पुष २०८१, शुक्रवार

विराटनगर । विराटनगरस्थित सरस्वती माविले पूर्वप्रधानाध्यापकसहित विभिन्न क्षेत्रका व्यक्तिहरूलाई सम्मान गरेको छ । 

८२ औं वार्षिकोत्सव तथा विद्यालयका संस्थापक अध्यक्ष नारायणप्रसाद कोइरालाको स्मृति दिवसको अवसर पारेर विद्यालयले पूर्वप्रधानाध्यापक डिल्ली पोखरेल, योगेन्द्रबहादुर कार्की तथा शिक्षकहरू भवानी भट्टराई, भरतराज दाहाल र  भरतबाबु दाहाललाई सम्मान गरेको हो । 

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सामुदायिक विद्यालयले गुणस्तर वृद्धिमा ध्यान दिनुपर्नेमा जोड दिए । 

कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष विश्वनाथ भगत, समाजसेवी शुभाशीष कोइराला, विद्यालयकी प्रअ अनिता नेपाल, शिक्षक शैलेन्द्र नेपाल, किशोर पोखरेल, भानु प्राविका प्रअ सञ्जीव घिमिरे, महेन्द्र मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निश्चल अर्याल, अभिभावक संघका अध्यक्ष रमेशकुमार यादवलगायतले सामूहिक प्रयासले मात्रै सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न सकिने बताएका थिए । 

वि.सं. १९९९ मा स्थापित सो विद्यालयमा हाल ७ सय ७ जना विद्यार्थी अध्ययनरत छन् । १ देखि १२ कक्षासम्म पढाइ हुने सो विद्यालयमा २९ जना शिक्षक कर्मचारी कार्यरत रहेको प्रअ अनिता नेपालले जानकारी दिइन् ।

View : 343

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved