विराटनगर । भोटेकोशी बाढीबाट प्रभावितका लागि विराटनगरको मेरिल्याण्ड कलेजका दुई सञ्चालकले एक लाख ५१ हजार रुपैयाँ राहत सहयोग प्रदान गरेका छन् ।
विराटनगरस्थित मेरिल्याण्ड कलेजका प्राचार्य लक्ष्मण ढकालले एक लाख र कलेजका सञ्चालक भेषराज पोखरेलले ५१ हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् ।
बाढी प्रभावितका लागि सहयोग पुगोस् भनेर आफूहरूले व्यक्तिगत रुपमा सहयोग रकम प्रदान गरेको कलेजका प्राचार्य ढकालले बताए ।
भोटेकोशीको बिनासकारी बाढीपछि विराटनगरका शैक्षिक संस्थाका सञ्चालकहरू आफूले सकेको रकम राहत स्वरुप सरकारलाई हस्तान्तरण गर्दै आएका छन् ।
View : 15
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved