Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
शिक्षा

उमेर हदका कारण गौतमले पाए अवकास

उद्‌घोष संवाददाता
२० मंसिर २०८१, बिहिवार

विराटनगर । शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख टंकप्रसाद गौतमले उमेर हदका कारण अवकास पाएका छन् । उनले बुधबारदेखि अवकास पाएका हुन् । 

विराटनगर निबासी गौतम २०५० माघ २९ देखि निजामती सेवामा विद्यालय निरीक्षकका रुपमा ताप्लेजुङ जिल्लाबाट प्रवेश गरेका थिए । 

गौतमले मोरङसहित इलाम र संखुवासभा जिल्लाको जिल्ला शिक्षा अधिकारीको जिम्मेवारीमा रही लामो समय काम गरेका थिए ।

उनी २०७७ मंसिर ८ गतेदेखि मोरङमा शिक्षा विकास तथा समन्वय इकाई प्रमुखमा कार्यरत थिए ।

उनलाई नेपाल शिक्षक महासंघ लगायतले सुखद् अवकाश जीवनको शुभकामना दिंदै विदाई गरेका थिए । नेपाल शिक्षक महासंघ मोरङका अध्यक्ष कुमार पोखरेल, विराटनगर महानगरपालिका शिक्षा महाशाखा प्रमुख रामप्रसाद ढुंगेल, जहदा गाउँपालिका शिक्षा शाखा प्रमुख दीपक खनाल, रंगेली नगरपालिका शिक्षा शाखा प्रमुख रविन्द्र पण्डित लगायत उनको विदाईमा सहभागी भए ।

View : 444

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved