विराटनगर । विराट मोडल कलेजले अध्ययन पूरा गरेका विद्यार्थीलाई बिदाइ तथा आगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ ।
कलेजमा बीबीएस र बीएडको चारवर्षे कोर्ष पूरा गरी जाने ८० जना विद्यार्थीलाई बिदाइ र कलेजमा भर्ना हुन आएका ३ सय ५२ जना नयाँ विद्यार्थीलाई स्वागत गरिएको कलेजका निर्देशक देवीलाल महतोले बताए ।
विद्यार्थीहरूलाई कलेजका अध्यक्ष प्रा.डा.जनक अधिकारी, प्राचार्य अनिलकुमार मण्डल र निर्देशक रेणु सिंह लगायतले बिदाइ हुन लागेका विद्यार्थीलाई मायाको चिनो सहित तथा भर्ना हुन आएका विद्यार्थीलाई टिका लगाई कलेजमा स्वागत गरेका थिए ।
सो अवसरमा बोल्दै त्रिभुवन विश्वविद्यालयका सहपरीक्षा नियन्त्रक गोविन्द गुरागाईंले कलेजले स्थापनाको छोटो समयमै शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिएको बताए ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायका विराटनगर प्रमुख कृष्णेश दास, प्याब्सन विराटनगर महानगरपालिका अध्यक्ष अर्जुन श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए ।
२०६५ सालमा स्थापना भई २०७९ बाट नयाँ ब्यवस्थापनमा सञ्चालित कलेजमा हाल एक हजार पाँच सय बढी विद्यार्थी अध्ययनरत रहेको कलेजले जनाएको छ ।
View : 50
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved