Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
खेलकुद

राष्ट्रिय फुटबल टोलीका गोलरक्षक प्रशिक्षक तिम्सिना सम्मानित

उद्घोष सम्वाददाता
२३ चैत २०८०, शुक्रवार

सुनसरी । नेपाली राष्टिय फुटबल टोलीका गोलरक्षक प्रशिक्षक मनिष तिम्सिना नगदसहित सम्मानित भएका छन् । कोशी प्रदेश फुटबल संघले बिहीबार धरानमा एक कार्यक्रमको आयोजना गरी तिम्सिनालाई भारतीय फुटबल लिगमा समेत आफ्नो टोलीलाई च्याम्पियन बनाउँदै नेपालीहरुको शिर उचो बनाएको भन्दै सम्मान गरेको हो ।

तिम्सिनालाई कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई र कोशी प्रदेश प्रहरी कार्यलय विराटनगरका प्रहरी नायब महानिरीक्षक चन्द्रकुबेर खापुङले नगद १० हजारसहित सम्मान गरे ।

संघले नेपाली फुटबलको इतिहासमै सन् २०२१ बाट एएफसी गोलरक्षक ए लेभल उत्तीर्ण गर्ने पहिलो प्रशिक्षकको स्थान प्राप्त गर्ने प्रशिक्षक रहेको भन्दै अन्तर्राष्ट्रियस्तरमा कोशी प्रदेशको मात्र नभई नेपालकै इज्जत बढाएको उल्लेख गरेको छ ।

तिम्सिनाले सन २०१५ देखि सुरु भई २०२१ मा एएफसी ए लाइसेन्स प्राप्त गरेका थिए । उनले प्रशिक्षण गराएको गोकुलम केरेला फुटबल क्लब भारतीय फुटबल लिगमा च्याम्पियन बनेको थियो ।

विराटनगर–९ निवासी तिम्सिनाले २०५६ सालदेखि विद्यालयस्तरीय फुटबल खेल्दै काठमाडौंको हिमालयन शेर्पा, ब्रिगेड ब्वाइज लगायतका क्लबबाट खेलिसकेका छन् । एक दशक यता उनी खेलाडी जीवनलाई बिश्राम दिंदै प्रशिक्षकको रुपमा स्थापित भएका छन् ।

View : 55

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved