Biratnagar, Morang, Nepal
६ साउन २०८३, बुधवार
+977 21 450305, 515728, 578305
समाज

मुलाको बोराबाट १४ सय किलो गाजा बरामद

उद्‌घोष संवाददाता
६ भदौ २०८१, बिहिवार

Advertisement

विराटनगर । तरकारी बोकेको ट्रकमा लुकाएर ल्याउँदै गरेको  ठूलो परिमाणको गाजा प्रहरीले धरानबाट बरामद गरेको छ ।

बिहीबार बिहान ९ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट आउँदै गरेको को१ख ४७३३ नम्बरको ट्रकलाई धरान उपमहानगरपालिका–१३ साराङ्गबाट रोकेर चेकजाँच गर्दा ट्रकमा मुलाको बोरासँगै लोड गरिएको ४४ वटा सेतो बोरामा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा १ हजार ४ सय २० किलो गाजा बरामद गरेको हो ।

गाजा बोक्ने मोरङको सुन्दरहरैंचा नगरपालिका–७ गछियाका ३४ वर्षीय राज कुमार दाहाल र धनकुटाको सहिदभुमि गाउँपालिका–७ का ४१ वर्षीय भुपेन्द्र राईलाई नियन्त्रणमा लिइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ  ।

View : 472

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved