Biratnagar, Morang, Nepal
१ कार्तिक २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

मोरङका ट्राफिक प्रहरी प्रमुख सन्तोष न्यौपाने सर्वोत्कृष्ट घोषित

उद्‌घोष संवाददाता
३० असोज २०८३, शुक्रवार

Advertisement

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपाने सर्वोत्कृष्ट जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख घोषित भएका छन् ।

नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (पोलिस ब्याटन) २०८३ अन्तर्गत पेशागत व्यावसायिकता, निष्ठा, मातहतका प्रहरी कार्यालयको परिचालन तथा कार्यकुशलतासहितका विभिन्न सूचकको मूल्याङ्कनका आधारमा न्यौपाने सर्वोत्कृष्ट घोषित भएका हुन् ।

यसैगरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ पनि कार्यदक्षता मूल्याङ्कनमा प्रथम भएको छ । उक्त उपलब्धिका लागि ७१औँ प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडौंमा आयोजित कार्यक्रममा कार्यालयले पोलिस ब्याटन प्राप्त गरेको हो ।

यस उपलब्धिले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ तथा मातहतका कार्यालयमा कार्यरत प्रहरी कर्मचारीलाई थप जिम्मेवार, अनुशासित र निष्ठापूर्वक कर्तव्य निर्वाह गर्न प्रेरणा मिल्ने अपेक्षा गरिएको ट्राफिक प्रमुख न्यौपानेले बताए ।

View : 54

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved