Biratnagar, Morang, Nepal
२२ जेठ २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
प्रविधि

कटहरीका किसानलाई ट्रेलर वितरण

उद्‌घोष संवाददाता
२१ जेठ २०८३, बिहिवार

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले किसानलाई खेत जोत्न प्रयोग हुने मिनि ट्रेलर वितरण गरेको छ । 

गाउँपालिकाले ५० प्रतिशत अनुदानमा १३ जना किसानलाई ट्रेलर वितरण गरेको हो । 

बिहीबार पालिका परिसरमै किसानलाई भेला गरेर गाउँपालिकाले ट्रेलर वितरण गरेको छ । 

कार्यक्रमकम प्रदेशसभा सदस्य ललिता चौधरी,गाउँपालिकाका अध्यक्ष देवराज चौधरी र उपाध्यक्ष सीतादेवी चौधरीले किसानहरूलाई ट्रेलर हस्तान्तरण गरे । 

किसानको ५० प्रतिशत तथा प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदान रकमबाट ५० प्रतिशत छुटमा किसानलाई ट्रेलर उपलब्ध गराईएको कटहरी कृषि शाखा प्रमुख केशवराज काफ्लेले जानकारी दिए ।

वितरण गरिएको उपकरणबाट किसानहरूलाई तरकारी सहितको नगदेबालीको खेती लगाउन सहज हुने कटहरीका अध्यक्ष देवराज चौधरीले बताए ।

View : 94

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved