Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
शिक्षा

प्याब्सनका पूर्व अध्यक्ष पुरीलाई ‘प्याब्सन रत्न’ सम्मान

उद्‌घोष संवाददाता
३० साउन २०८२, शुक्रवार

Advertisement

विराटनगर । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का पूर्व अध्यक्ष टिकाराम पुरी ‘प्याब्सन रत्न’ बाट सम्मानित भएका छन । बुधबार काठमाडौंमा प्याब्सनले एक समारोह आयोजना गरी उनलाई सम्मान गरेको हो । 

विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलका सञ्चालक तथा प्रिन्सिपल पुरीलाई शैक्षिक तथा सामाजिक क्षेत्रमा अतुलनीय योगदान गरेवापत सम्मान गरिएको हो । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले सम्मानपत्र तथा दोसल्ला ओढाएर उनलाइ सम्मान गरे ।

पुरीलाई देशका कर्णधारका रूपमा रहेका बालबालिकालाई उत्कृष्ट शिक्षा प्रदान गर्ने तथा नेपालको शिक्षामा आधुनिकीकरणको जग हाल्ने व्यक्तित्वका रूपमा प्याब्सन काठमाडौंले परिभाषित गरेको छ ।

यस्तै निजी विद्यालयहरूलाई एकीकृत गर्नेदेखि लिएर प्याब्सनको विधान निर्माण गर्दै असल संस्कारको विकास गर्ने तथा प्याब्सनको जिल्ला तथा केन्द्रको भवन निर्माण गरेर स्थायी भविष्य निर्माणको कार्यसमेत पुरीले गरेको भन्दै प्रशंसा गरेको छ । 

कार्यक्रममा बोल्दै मन्त्री पन्तले निजी क्षेत्रले शैक्षिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गरे ।

प्याब्सन काठमाडौंका अध्यक्ष नवराज भट्टले सम्मानित पुरी शैक्षिक क्षेत्रका पथ प्रदर्शक रहेको भन्दै उच्च प्रशंसा गरे । 

सम्मानित पुरीले काठमाडौं प्याब्सनले आफूलाई गरेको सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै नेपालको शैक्षिक उन्नयनका लागि नीजि क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए । 

पुरीले अहिले संसदीय समितिमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयकका सवालमा निजी क्षेत्रले उठाएका मागहरूलाई गम्भीरतापूर्वक लिई दिन राजनीतिक दल, संसद र सरकारसँग आग्रह गरे ।

View : 782

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved