विराटनगर । कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८३८४ को नीति तथा कार्यक्रम मन्त्रिपरिषदले स्वीकृत गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले सरकारको नीति तथा कार्यक्रम बिहीबार प्रदेश सभामा प्रस्तुत गर्ने निर्णय समेत गरेको कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विदुर लिंथेपले जानकारी दिए ।
उक्त नीति तथा कार्यक्रम प्रदेश प्रमुखबाट कोशी प्रदेशसभामा प्रस्तुत हुनेछ ।
मन्त्री लिंथेपले भने– ‘आजको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ, उक्त नीति तथा कार्यक्रम भोलि (बिहीबार) अपराह्न ३ बजे प्रदेश प्रमुखबाट प्रदेशसभामा प्रस्तुत हुनेछ ।’
View : 222
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved