Biratnagar, Morang, Nepal
१६ असार २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
खेलकुद

पौडी प्रतियोगितामा ७ वर्षीय भियानले पाए दुई स्वर्ण

उद्‌घोष संवाददाता
१६ असार २०८३, मङ्गलवार

Advertisement

विराटनगर । कोशी प्रदेशस्तरीय पौडी प्रतियोगितामा मोरङ जिल्ला च्याम्पियन बनेको छ । आइतबार र सोमबार गरी दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा ८३ अंक जोड्दै मोरङ प्रथम बनेको हो ।

सोही प्रतियोगितामा मोरङका ७ वर्षीय भियान केडिया दुई स्वर्ण पदक जित्दै उदयमान पुरुष खेलाडी घोषित भएका छन् । प्रतियोगितामा ५७ अंकसहित भोजपुर दोस्रो तथा ५३ अंकसहित झापा तेस्रो भएको छ ।

त्यसैगरी ताप्लेजुङकी आयशा पौडेल उदयमान महिला खेलाडी घोषित भइन् । झापाका युग आचार्य १० स्वर्ण पदकसहित उत्कृष्ट पुरुष खेलाडी तथा भोजपुरकी सिसुनबुम राई ९ स्वर्ण पदकसहित उत्कृष्ट महिला खेलाडी घोषित भए ।

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य–सचिव बिप्लप घोषको प्रमुख आतिथ्य तथा कोशी प्रदेश पौडी संघका अध्यक्ष डम्बरबहादुर तामाङको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा विजेता टोलीलाई ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताको समग्र अनुगमन तथा सुपरिवेक्षण इन्द्रजित राजभण्डारीले गरेका थिए ।

View : 33

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved