Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
समाज

लोकसेवा तयारी कक्षा समापन

उद्‌घोष संवाददाता
२५ वैशाख २०८१, मङ्गलवार

विराटनगर । मोरङको कटहरीका शिक्षित युवालाई लक्षित गरेर सञ्चालन गरिएको लोकसेवा तयारी कक्षा समापन भएको छ । कटहरी गाउँपालिकाको स्वास्थ्य शाखाको सभाहलमा सञ्चालन गरिएको तयारी कक्षा ६९ दिनपछि समापन भएको हो ।

तयारी कक्षामा कटहरीका विभिन्न वडाका कक्षा १२ तथा स्नातक तहका ६९ जना विद्यार्थी सहभागी भएको कटहरी सामाजिक विकास शाखाका प्रमुख ओमविक्रम कट्वालले जानकारी दिए ।

उनले ४५ दिनकालागि मात्र लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको भएपनि विद्यार्थीको आवश्यकता र माग अनुसार लम्ब्याइएको बताए ।

सहभागी विद्यार्थीलाई मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साह, कटहरीका प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार साह, सेवानिवृत उपसचिव गणेशप्रसाद तिमल्सिना, कानुन अधिकृत राम खेलावन मेहता, पशुपतिप्रसाद यादव लगायतले प्रशिक्षण दिएका थिए ।

View : 442

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved