Biratnagar, Morang, Nepal
२० वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
साहित्य

उधौलीमा चाडपर्व र संस्कार बिषयक अन्तरक्रिया

उद्‌घोष सम्वाददाता
११ पुष २०८०, बुधवार

विराटनगर । भुजेल समाज सेवा समिति विराटनगरद्वारा आयोजित हाम्रा चाडपर्वहरु र संस्कार बिषयक अन्तरक्रिया मंगलबार सम्पन्न भएको छ । युहआलो (उधौली) २०८० को अवसरमा सीमान्तकृत भुजेल जातिको लोपोन्मुख भाषा, लिफि, संस्कार, संस्कृति संरक्षणका लागि विराटनगर हाटखोलामा सो अन्तरक्रिया आयोजना गरिएको हो ।

सो कार्यत्रमलाई सम्बोधन गर्दै विराटनगर महानगरपालिकाका वडा नं १६ का वडाध्यक्ष उद्धवकुमार भुजेलले विश्वले पहिचान खोजिरहेको बेला भुजेल समुदायले आफ्नो पहिचानलाई संरक्षण गर्नु अनिवार्य भएको धारणा व्यक्त गरे । त्यसैगरी समाजका केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष राजकुमार भुजेलले आदिवासी, जनजाति हुनलाई आफ्नो पहिचान बनाउन जरुरी भएको बताए । 

त्यस्तै समाजका प्रदेश समितिका सल्लाहकार डिकबहादुर भुजेलले पुर्खाहरुको योगदानलाई व्यावहारिक बनाउनुपर्ने जनाए ।

भुजेल समाज सेवा समिति विराटनगर महानगरपालिका समितिका अध्यक्ष गोपाल भुजेलको सभापतित्वमा सम्पन्न ऊक्त कार्यत्रममा अध्येता लक्ष्मण थुसिरोङ भुजेल, समाजका केन्द्रीय समितिका संस्थापक सचिव पूर्णबहादुर भूजेल (क), कोशी प्रदेश समितिका कोषाध्यक्ष एवं विराटनगर महानगरपालिका समितिका संरक्षक इन्द्रबहादृर भुजेल, सल्लाहकार गजेन्द्र भुजेल, गीतादेवी भुजेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

View : 255

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved