विराटनगर । झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागुऔषधसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले लागुऔषध खैरो हेरोइन र गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो ।
झापाको इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको प्रहरी टोलीले जाँचको क्रममा मेचीनगर नगरपालिका–१४ का आकाश चौधरीलाई १६ ग्राम ४०० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ ।
त्यस्तै प्रहरी चौकी टाघनडुब्बाले १४ ग्राम ८१० मिलिग्राम खैरो हेरोइनसहित दमक नगरपालिका–१० का सुरज राय र विराटनगर–३ का बाबुराम दर्जीलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीले अर्जुनधारा नगरपालिका–७ का बिनोद मगर र भोजपुर हतुवागढी गाउँपालिका–४ का सागर राईलाई ५ किलो ९० ग्राम गाँजासहित पक्राउ गरेको छ ।
त्यसैगरी मोरङको अस्थायी प्रहरी चौकी कुशल बजारले पथरीशनिश्चरे नगरपालिका–८ का रबिन माझी, दुर्गा राई, पवन खत्री र कानेपोखरी गाउँपालिका–५ का रमल नेपालीलाई २०० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सुनसरीको अस्थायी प्रहरी चौकी जोरसखुवाले धनकुटा साँगुरीगढी गाउँपालिका–९ का बिनोद राई र विशाल राईलाई ३७० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ ।
View : 85
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved