Biratnagar, Morang, Nepal
४ भदौ २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

ग्यास अभावको समस्या उठ्यो प्रदेशको संसदमा

उद्‌घोष संवाददाता
४ भदौ २०८३, बिहिवार

Advertisement

विराटनगर । कोशी प्रदेशसभाका सांसदहरूले बजारमा एलपी ग्यासको अभाव भएको भन्दै कालोबजारी र महँगी नियन्त्रण गर्न माग गरेका छन् ।

बुधबार बसेको प्रदेश सभाको शून्य समयमा बोल्दै सांसद शोभा चेम्जोङले सरकारको दाबी र नागरिकले भोगिरहेको अवस्थाबीच ठूलो अन्तर देखिने गरेको बताइन् । 

उनले बजारमा ग्यासको चर्को अभावसँगै कालोबजारीसमेत भइरहेको भन्दै यस्तो अवस्था अन्त्य गर्न माग गरिन् ।

बजारमा ग्यास अभाव नरहेको सरकारले दाबी गरे पनि उपभोक्ताले घण्टौंसम्म लाइनमा बस्दा पनि ग्यास नपाएको बताए । 

सांसद कमला दर्नालले ग्यास अभावसँगै महंगी बढेको र चर्को करले किसान मजदुरको दैनिक जीवन अस्तव्यस्त बनेको बताइन् । सरकार नागरिकका समस्याप्रति गम्भीर नभएको उनले बताइन् ।

सांसद गीतारानी महतोले सुनसरीको देवानगञ्ज घटनापछि सरकारले यस्ता घटना अब हुन नदिन धार्मिक संस्थाहरूको प्रभावकारी अनुगमन तथा नियमन गर्न आग्रह गरिन् ।

सांसद राजेन्द्र कार्कीले संखुवासभाको सिलिचोङमा दुई साताअघिको बाढी पहिरोले पुर्याएको क्षतिबारे सरकारको ध्यानाकर्षण गराए । उनले प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरे पनि प्रभावित क्षेत्रमा स्थायी बास व्यवस्थापनको चुनौति रहेको बताए ।

सांसद गोपालबहादुर विश्वकर्माले पूर्वपश्चिम राजमार्गलाई महेन्द्र राजमार्ग नै कामय गरिनु उचित भएको बताएका थिए ।

View : 45

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved