Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
आर्थिक

संघका नवनिर्वाचितलाई चेम्वरको सम्मान

उद्‌घोष संवाददाता
३० वैशाख २०८३, बुधवार

Advertisement

विराटनगर । मोरङ चेम्वर अफ कमर्सको आयोजनामा विराट व्यापार संघका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरूलाई स्वागत एवं सम्मान गरिएको छ । 

मंगलबार एक कार्यक्रमको आयोजना गरी पदाधिकारी एवं सदस्यहरूलाई स्वागत एवं सम्मान गरिएको हो । 

कार्यक्रममा बोल्दै मोरङ चेम्वर अफ कमर्सका अध्यक्ष शिव रिजालले निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउँदै उद्योगी–व्यवसायीका समस्या समाधानका लागि संस्थागत एकता अपरिहार्य रहेको धारणा राखे ।

त्यसैगरी विराट व्यापार संघका अध्यक्ष प्रमोदकुमार अग्रवालले आफू नेतृत्वमा आएको नयाँ कार्यसमितिले व्यवसायीहरूको हकहित संरक्षण, बजार व्यवस्थापन तथा व्यापार प्रवद्र्धनलाई प्राथमिकतामा राखेर काम गर्ने बताउँदै व्यावसायिक वातावरण सहज बनाउन सरकारी निकायसँग समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

संस्थाका सचिव हरिबहादुर श्रेष्ठद्वारा सञ्चालित कार्यक्रममा उपाध्यक्ष तुलसी पोखरेललगायतले व्यावसायिक क्षेत्र अहिले विभिन्न चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दै निजी क्षेत्रलाई राज्यले थप सहजीकरण गर्नुपर्ने बताए ।

View : 204

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved