Biratnagar, Morang, Nepal
२७ वैशाख २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

वीपी संस्कृत माविलाई सहयोगको प्रतिवद्धता

उद्घोष सम्वाददाता
१० वैशाख २०८१, सोमवार

विराटनगर । सोलुखुम्बु जिल्लाको नेचा सल्यान गाउापालिका वडा नं २ स्थित वीपी संस्कृत माध्यमिक विद्यालयको  शैक्षिक एवं भौतिक विकासका लागि आ–आफ्नो क्षेत्रबाट सबैले योगदान गर्ने प्रतिवद्धता जनाएका छन् ।  

विद्यालय प्रशासनले शनिबार काठमाडौंमा आयोजना गरेको भेलामा सहभागी पूर्व शिक्षक, पूर्व विद्यार्थी, राजनीतिकर्मी, शिक्षक, अभिभावक, कर्मचारी, समाजसेवी लगायत सरोकारवालाहरुले विद्यालयको शैक्षिक उन्नयनमा सहयोगको प्रतिवद्धता जनाएका हुन् ।  

भेलाले पूर्वमन्त्री बलबहादुर केसीको संयोजकत्वमा ५ सदस्यीय संस्कृत भाषा तथा संस्कृति संरक्षण र प्रवर्द्धन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय समिति गठन गरेको छ । 

समितिको सदस्यहरूमा शम्भुहरि बास्तोला, मठाधीश गोपाल निरौला, प्रकाश सिंह कार्की र पुण्यप्रसाद दाहाल छन् । 

यसैगरी पूर्व विद्यार्थी दीपकबावु निरौलाको अध्यक्षतामा ११ सदस्यीय वीपी संस्कृत मावि पूर्व विद्यार्थी समाज पनि गठन गरिएको छ ।  

समाजको उपाध्यक्षमा गोमा बास्तोला, सचिवमा नारायणप्रसाद निरौला, सहसचिव बेदप्रसाद बास्तोला र  कोषाध्यक्षमा राधा ढुंगाना चयन भएका छन् ।

सदस्यहरूमा भरत काफ्ले, हर्कबहादुर राई, बाबुराम नेपाली, गीता गौतम, दीपक कोइराला र टेकप्रसाद बास्तोलालाई चयन गरिएको छ । 

भेलामा  विद्यालयका संस्थापक कर्मचारी विश्वनाथ पराजुली पूर्व प्रधानाध्यापक लोकनाथ निरौलालाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक उमाकान्त काफ्लेले जानकारी दिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् शिक्षाप्रेमी प्रकाश सिंह कार्कीले आफना हजुरबुबा स्व. रामबहादुर कार्कीको नाममा विद्यालयमा एक लाख  एक हजार एक सय एक रुपैयाा राशिको अक्षय कोष स्थापन गर्ने घोषणा गरेका थिए ।

वि.सं.१९५८ सालमा स्थापना भई वि.सं. २००४ मा स्वीकृति पाएको सो विद्यालयमा संस्कृत विषयमा पढाइ हुने गरेको छ । सो विद्यालयमा हाल १७० जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक काफ्लेले बताए ।

View : 229

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved