इनरूवा । सुनसरीको कोशी गाउँपालिका–४ स्थित कोशी कटान क्षेत्रमा रहेका व्यवसायीहरूको पसलमा तोडफोड, आगजनी र लुटपाट भएको छ । साना होटल, मासु पसल संचालन गरिरहेका व्यवसायीको पसलमा उच्छृङ्खल समुहले तोडफोड, आगजनी र लुटपाट गरेको हो ।
स्थानीयका अनुसार सरजुग यादव, अनिल महत्मान, उपेन्द्र मण्डल, सकलदेब यादव, राजकुमार यादव, सदानन्द यादव, रणकुमार श्रेष्ठलगायतका व्यवसायीको पसलमा आगजनी, तोडफोड र लुटपाट भएको जनाइएको छ । घटनाका कारण व्यवसायीहरूले ठूलो आर्थिक क्षति भएको जनाइएको छ ।
घटनापछि उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । पीडित व्यवसायीहरूले घटनामा संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न माग गरेका छन् ।
View : 283
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved