नेपाली भाषामा निर्माण गरिएको छठ गीतमा अभिनय गर्दै कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली र उनकी धर्मपत्नी रञ्जिता पराजुली । (तस्वीर : नवीन कर्ण/उद्घोष)
विराटनगर । कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुलीको मुख्य भूमिका रहेको नेपाली छठ गीत सार्वजनिक भएको छ ।
मन्त्री पराजुलीसहित उनकी धर्मपत्नी रञ्जिता पराजुलीको मुख्य भूमिका रहेको सो गीत चैते छठको अवसर पारेर मैथिली अनलाइनको युट्युब च्यानलमा सार्वजनिक भएको हो ।
धर्मकर्ममा बिशेष अभिरुचि लिने पराजुली बर्षौंदेखि छठ पर्व मान्दै आएका छन् ।
छठ पर्वका बेला उनी निराहार व्रत बसेर घस्रँदै विराटनगरस्थित निवासबाट सिंघिया खोलाको घाटसम्म दण्ड प्रणाम गर्दै पुग्ने गरेका छन् ।
दशकौं देखिको आफ्नो छठ पर्वप्रतिको आस्था देखेर निर्माण पक्षले गीतमा अभियन गर्न आग्रह गरेपछि आफू समय मिलाएर पत्नी सहित सुटिङमा सहभागी भएको उनले बताए ।
मन्त्री पराजुलीले अभियन गरेको ‘माता कल्याणी तिमी हौ मिथिलेश्वरी,जगतको कल्याण गर छैठ परमेश्वरी’ बोलको गीतको विराटनगरका सञ्चारकर्मी नवीन कर्णले रचना गरेका छन् । शैलेन्द्र विश्वकर्माले संगीत भरेका छन् ।
गीतमा गायक सुमित खड्का र सानुमैंया यादवले स्वर दिएका छन् । गीतको छायांकन केहिदिन अघि विराटनगरको तीनपैनी पूर्वटोलको सिंघिया घाटमा भएको थियो ।
View : 270
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved