Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
आर्थिक

नेप्से परिसूचकमा ४५ अंकको सुधार

उद्‌घोष संवाददाता
२५ चैत २०८२, बुधवार

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४५ दशमलव १२ अंकले बढेर दुई हजार ८०२ दशमलव ५२ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव ६३ प्रतिशतको वृद्धि हो ।

बुधबार ३४६ कम्पनीको एक करोड ८८ लाख १६ हजार ८०८ कित्ता शेयर ९८ हजार १६२ पटक खरिदबिक्री हुँदा आठ अर्ब ३१ करोड ८९ लाख आठ हजार ४४१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह तीन दशमलव ८७, होटल तथा पर्यटन दुई दशमलव ५६ र जलविद्युत् समूह दुई दशमलव ६१ प्रतिशतले बढेको छ ।

त्यस्तै, बैंकिङ एक दशमलव १६, विकास बैंक एक दशमलव ९८, वित्त एक दशमलव ४५, लगानी एक दशमलव ३५, जीवन बीमा एक दशमलव ३१, लघुवित्त एक दशमलव २८, जीवन बीमा एक दशमलव ०१, म्युचुअल फण्ड शून्य दशमलव ९९, व्यापार शून्य दशमलव ६१ र अन्य समूह एक दशमल १५ प्रतिशतले बढेको छ ।

View : 153

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved