Biratnagar, Morang, Nepal
२६ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

म मन्त्रीको दौडमा छैन : आङ्बो

उद्‌घोष संवाददाता
२६ साउन २०८३, मङ्गलवार

Advertisement

विराटनगर । नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफू आगामी सरकारमा मन्त्री बन्ने दौडमा नरहेको स्पष्ट पारेका छन् । 

आङ्बोले आफूलाई पार्टीका नेता कार्यकर्ता, समर्थक र शुभेच्छुकहरूले मन्त्रीका लागि सदिच्छा प्रकट गरेको भन्दै त्यसका लागि उनले धन्यवाद दिएका हुन् । उनले भने,– ‘म मन्त्री बन्ने दौडमा नरहेको जानकारी गराउँदछु ।’

कोशी प्रदेश सरकारमा कांग्रेस बाहिरिएको खण्डमा एमाले र नेकपाबीच भएको तीन बुँदे सहमति अनुसार सरकार बन्ने अवस्था छ । 

तर एमालेभित्रको शक्ति संघर्षका बीच वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीकै नेतृत्वको सरकारले निरन्तरता पाउने भएपछि नेकपा तत्कालै सरकारमा जान तयारी आतुर बनेको हो ।

एमालेभित्र भने मुख्यमन्त्री कार्की केही महिनाका लागि मात्रै मुख्यमन्त्रीमा निरन्तरता पाउने कोशी प्रदेश इन्चार्ज शेरधन राईले बताउँदै आएका छन् । यस्तो अवस्थामा सरकारमा जाँदा मन्त्री बनेर जानेको तत्कालै पद खुस्किने जोखिम रहेको भन्दै एमालेभित्रको विवादको अन्तिम रूप कस्तो हुने भन्ने टुंगो लागेपछि सरकारमा जानु उपयुक्त हुने नेकपाका एक सांसदले बताए ।

‘एमालेभित्रको झगडा टुंगिएको छैन, सरकारको आयु कति हो भन्ने यकिन छैन, यस्तो अवस्थामा हाम्रोबाट मन्त्री पठाउन स्वाभाविक रूपमा कठिन हुन्छ, ती सांसदले भने, ‘यो राजनीतिक विषय भएकोले केही समय पर्खिनु नै उचित हुन्छ ।’

कोशीमा एमालेकै नेतृत्वको सरकारमा सहभागी हुन तयार भइरहँदा नेकपाभित्र मन्त्री बन्नका लागि होडबाजी पनि सुरू भइसकेको छ । 

नेकपा कोशी प्रदेश इन्चार्जसमेत रहेका पूर्वमुख्यमन्त्री राजेन्द्र राईले पनि आङ्वोले अहिले मन्त्री हुने इच्छा र दावी नराखेको बताए । 

तर कतिपय साथीभाइले योग्यता र अनुभवको कारण आङ्बोले सरकारमा जानु राम्रो हुन्छ भन्ने सुझाव दिएको पनि खुलासा गरेका छन् ।

‘म प्रदेश पार्टी इञ्चार्ज र प्रदेससभा सदस्य हुँ, लगातार सम्पर्कमा नै छौं, उहाँको दावी र इच्छा भए मैले थाहा नपाउने कुरै हुँदैन, कुरा यस्तो हो– कतिपय साथीभाइले उहाँको योग्यता र अनुभवको कारण आङ्बोले सरकारमा जानू राम्रो हुन्छ भन्ने सुझाव वहाँलाई पनि र हामी नेतृत्वमा रहेकालाई दिएको हो, र मैले पनि सञ्चार माध्यमहरूले सोधेको बेला म बाहेक सबैजना मन्त्रीको सम्भावित हुन भनिदिएको हो ।’

उनले अहिले नेकपाबाट मन्त्री को हुने भन्ने विषय टुंगो नलागेको र त्यस विषयमा छलफल पनि आरम्भ नभएको प्रष्टीकरण दिए । राईले भने– ‘सरकारमा सहभागी हुने नहुने समेत टुंगो लागेको छैन, कुरा यति हो, अन्यथा बुझ्न भएन, भ्रम पर्न भएन ।’

View : 60

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved