विराटनगर । भोटेकोशी बाढीपीडितहरुका लागि विराटनगर महानगरपालिका–३ स्थित विराट स्पोर्टस् जोनले ५० हजार ८६० रुपैयाँ सहयोग प्रदान गरेको छ ।
बाढीपीडितहरुलाई राहत र घाइतेको उपचारका लागि नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषको खातामा उक्त रकम जम्मा गरिएको जोनका संचालक नवराज काफ्लेले जानकारी दिए ।
स्पोर्टस् जोनका सवै संचालकको योगदानबाट संकलित रकमलाई विराटनगरको कन्चनबारीस्थित नविल बैंकमा रहेको राहत कोषको खातामा रकम जम्मा गरिएको उनले बताए ।
View : 50
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved