विराटनगर । कोशी प्रदेशकै उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा चिनिएको विराटनगर–३ स्थित पोखरिया माध्यमिक विद्यालयका ११ जना विद्यार्थीले यस बर्षको एसईई परीक्षामा जीपीए ४ ल्याएका छन् ।
सोमबार राती प्रकासित परीक्षाफलको विवरण अनुसार पोखरियाबाट परीक्षा दिएका दिए विद्यार्थीहरू झण्डै सत्प्रतिशत उतीर्ण भएका हुन् ।
विद्यार्थीहरू आयुष गुप्ता, अभिमन्यु पोद्दार, खुशी गुप्ता, कृपाशा दाहाल, मिसन राजवंशी, रामकृष्ण न्यौपाने, रसिक कोइराला, साकेतरञ्जन ठाकुर, सौगात फुयाल, सिवानी गेलाल र सुयोग पोखरेलले ४ जीपीए ल्याएर उतीर्ण भएको विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले जानकारी दिए ।
विद्यालयबाट एसईई परीक्षामा ४५६ जना विद्यार्थी सहभागी भएका थिए । जसमध्ये ९९ दशमलव ५६ प्रतिशत अर्थात ४५४ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
विद्यालयले सार्वजनिक गरेको विवरणअनुसार ३.९० देखि ३.९७ जीपीए ल्याउने विद्यार्थीको संख्या ३४ रहेको छ ।
३.८० माथि जीपीए ल्याउने ८७ जना, ३.७० माथि ल्याउने ११७ जना, ३.६० माथि ल्याउने ८१ जना तथा ३.२० माथि जीपीए ल्याउने १२३ जना रहेका छन् । दुई जना विद्यार्थीको नतिजा भने एनजी आएको छ ।
विद्यालयले यस वर्षको नतिजालाई शिक्षक–अभिभावकको समन्वय र विद्यार्थीको निरन्तर परिश्रमको परिणाम भएको जनाएको छ ।
लगातार उत्कृष्ट नतिजा हासिल गर्दै आएको विद्यालयले यसपटक पनि विराटनगरका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट सफलता हासिल गरेको हो ।
View : 1725
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved