Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

चार पत्रकारलाई नगद एक लाखसहितको सम्मान

उद्घोष सम्वाददाता
२४ वैशाख २०८१, सोमवार

विराटनगर । कोशी प्रदेश सरकारले चारजना पत्रकारहरुलाई नगद एक लाख रुपैयाँसहित सम्मानित गरेको छ । राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सोमबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले उनीहरुलाई सम्मानित गरेको हो ।

सम्मानित हुनेहरुमा भिम नेम्वाङ (झापा), रमेशचन्द्र अधिकारी (धनकुटा), अनन्तराज न्यौपाने (मोरङ), पीवी दियाली (सुनसरी) र महेश्वर चाम्लिङ (उदयपुर) रहेका छन् ।

उनीहरुलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नगद एक लाख रुपैयाँको चेकसहित सम्मान पत्र प्रदान गरेका हुन् ।

प्रदेश सरकारले हरेक बर्ष पत्रकारिता दिवसको अवसर पारेर पत्रकारहरुलाई सम्मानित गर्दै आएको छ ।

मुख्यमन्त्री कार्कीले मुख्यमन्त्री पद रहेपनि नरहेपनि लोकतन्त्र स्थापनाका लागि लडेका पत्रकारहरुलाई सम्मानित गर्ने अवसर पाउनु आफ्नो लागि स्मरणीय रहेको बताए । उनले कलम चल्दा संयमित, तार्किक र सत्यमा आधारित हुनुपर्ने धारणा समेत राखे ।

आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले आउँदो संसद बैठकमा संचार सम्बन्धि विधेयक पेश भएर छलफल हुने र त्यसलाई राम्रो बनाउन पत्रकारहरुसँग समेत सल्लाह सुझाव लिनेमा आश्वास्त पारे ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशका कार्यवाहक अध्यक्ष लवदेव ढुंगानाले बिरामी परेका पत्रकारहरुलाई उपचारका लागि सहयोग गर्न सरकारसँग आग्रह गरे । उनले कोशी नदीमा डुबेर पीडित भएका पत्रकारहरुलाई सरकारले क्षतिपूर्ति दिनुपर्ने माग समेत गरेका थिए ।

View : 114

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved