Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

विराट ट्रेड एक्स्पो स्टल भिजिट

अल्लो, खाँडी, रेडी र उनीका कपडा पाइने बरदान कलेक्सन

उद्‌घोष संवाददाता
१४ पुष २०८२, सोमवार

विराटनगर । शरीरमा कुनै पनि हानीनोक्सानी नपुर्याउने वातावरणमैत्री परम्परागत  कपडाको प्रयोगबारे सचेतना फैलाउने र यस्ता कपडाको प्रवद्र्धन तथा विक्री वितरणका लागि बरदान कलेक्सन लोकप्रिय बनेको छ । 

जारी विराट ट्रेड एक्स्पोको स्टल नम्बर ६१ मासंचालक विनोद दर्नालले परम्परागत कपडाको महत्वबारे जानकारी गराउने र विक्री वितरण गर्दै आएका छन् ।

‘नेपालभर उत्पादन हुने पराम्परागत कपडाको महत्व बुझाउन सक्दा पनि धेरै उपलब्धि हुने रहेछ, बुझेका मान्छे त चासो गरेर आउने गर्दारहेछन्, किनेर पनि लैजान्छन्’ पहिलो पटक मेला महोत्सवमा स्टल राखेको अनुभव सुनाउँदै विनोदले भने, ‘शरीरलाई कुनै एलर्जी नहुने कपडाको बिक्री वितरण गर्न पाइएको छ, देशको पैसा देशमै राख्न पनि यस्ता कपडाको विक्री वितरण हुनु आवश्यक छ ।’

अल्लो, खाडी, रेडी जस्ता कपडा बिक्री गर्न पाउनु नै आफ्ना लागि गौरवको विषय भएको उनले बताए । उनले कपडा किनेर सिलाउने समस्या भएका ग्राहकका लागि उचित तरिकाले सिलाउन समेत सहयोग गर्दै आइरहेको बताए ।

स्टलमा अल्लो, खाडी, रेडीका कपडा खरिद गर्दा अहिले ३० प्रतिशतसम्म छुट दिने गरेको सुनाए । गर्मी मौसममा शरीरलाई सित्त हुन्छ, जाडोमा शरीरलाई न्यानो बनाउने वातावरणमैत्री कपडाको महत्व बढ्दै गएको उनले बताए ।

परम्परागत लत्ताकपडाको प्रयोगलाई प्रवद्र्धन गर्न ‘स्वदेशी उत्पादनको प्रयोग र प्रवद्र्धन, आत्मनिर्भर समाजको बलियो आधार’ भन्ने नारा नै बनाएर अघि बढेको विनोदले बताए ।

आफूले अहिलेसम्म ठूलो एक्स्पो, मेला महोत्सवमा स्टल नराखे पनि पहिलो अनुभवमै धेरैले सकारात्मक रूपमा प्रतिक्रिया दिएको उनले सुनाए ।

View : 174

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved