विराटनगर । जिल्ला प्रहरी कार्यालय रौतहटले ९० लाख १६ हजार मूल्य बराबरको फर्सीको बियाँ बरामद गरेको छ ।
नेपालबाट भारततर्फ निकासी गर्न लुकाएर राखेको ठाउँबाट जिप्रका रौतहटले फर्सीको बियाँ बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारीसमेत रहेका प्रहरी नायव उपरीक्षक बसन्त गौतमका अनुसार ३ सय २२ बोरा अर्थात् जम्मा १२ हजार ८ सय ८० किलोग्राम फर्सीको बियाँ वरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहट र सशस्त्र प्रहरीको संयुक्त टोलीले त्रिपालले छोपेर राखेको अवस्थामा रहेको फर्सीको बियाँ बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले फर्सीको बियाँ प्रतिबोरा २८ हजार रुपैयाँका दरले ९० लाख १६ हजार पर्ने अनुमान गरेको जनाएको छ ।
त्यस्तै सो बियाँहरुलाई नियन्त्रणमा लिने क्रममा अश्रुग्यास समेत प्रहार गर्नुपरेको जिप्रका रौतहटले जनाएको छ ।
ती बियाँका बोराहरुलाई नियन्त्रणमा लिन खोज्दा स्थानीय वसिन्दाले ढुंगामुढा हानेर झडपको अवस्था सिर्जना हुँदा अश्रुग्यास प्रहार गर्नु परेको हो ।
सो झडपमा परी ६ जना घाइते भएको प्रहरीले बताएको छ । तीन जना स्थानीय अवरोधकर्ता र तीन जना प्रहरी गरी ६ जना घाइते भएको प्रहरीले जनाएको हो । साथै ती नियन्त्रणमा लिइएका फर्सीका बियाँहरु भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।
यसअघि मधेश प्रदेशको सिरहा जिल्लाबाट समेत प्रहरीले ११ लाख भन्दा बढीको फर्सीको बियाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
View : 66
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved