विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस व्यवस्थापन क्याम्पस -पुसोम_ विराटनगरको प्रमुखमा डा रमाकान्त दास नियुक्त भएका छन् ।
डा दासको आइतबार नै विराटनगर तीनपैनीस्थित क्याम्पस प्रमुखको कार्यकक्षमा पदस्थापना भएको छ । पूविका उपकुलपति प्राडा बिजुकुमार थपलियासमेतको उपस्थितमा पदस्थापन भएको हो । सो अवसरमा निवर्तमान प्रमुख प्रशान्तकुमार लाललाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा प्रशंसा गरिएको थियो ।
पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकाय अन्तर्गत सो क्याम्पस (पुसोम)मा स्नातक र स्नातकोत्तर तहको बीबीए र एमबीए तथा एमफिलको समेत पढाइ हुने गरको छ ।
View : 160
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved