Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
शिक्षा

कोशी प्रदेशका शिक्षा सेवाका पूर्व कर्मचारीहरू एकजुट

उद्‌घोष संवाददाता
१८ असोज २०८१, शुक्रवार

विराटनगर । कोशी प्रदेशका १४ वटै जिल्लाका शिक्षा क्षेत्रका अवकासप्राप्त कर्मचारीहरू एकजुट बन्दै गएका छन् । 

शिक्षा सेवाबाट अवकाश पाएर बसेका कर्मचारीहरू एकजुट हुँदै शिक्षा क्षेत्रमै सामाजिक कार्य गर्ने निष्कर्षसहित सक्रियता बढाउँदै लगेका छन् ।

उनीहरूले हिन्दुहरूको महान चाड बडादसैं, तिहार, छठ लगायतका प्रमुख पर्वहरूको अवसरमा शुक्रबार विराटनगरमा शुभकामना आदान–प्रदान कार्यक्रम गर्दै शिक्षा क्षेत्रका सवालहरू माथि छलफल गरेका हुन् ।

उनीहरूले सरकारी सेवामा रहँदा प्राप्तको ज्ञान र सीपलाई अवकाशपछि पनि सोही क्षेत्रमा प्रयोग गर्ने बताएका छन् । कोशी प्रदेशका अवकासप्राप्त उपसचिव, अधिकृत, नायब सुब्बाहरूले छलफल गरेका हुन् ।

समाज र राष्ट्रको सेवा गर्दै अवकाश प्राप्त जीवनलाई निस्वार्थ रुपमा शिक्षा क्षेत्रमै लगाउने भन्दै कोशी प्रदेशका शिक्षा क्षेत्रका पूर्व कर्मचारीहरूले पूर्व उपसचिव दिव्यराज कट्टेलको अध्यक्षतामा शिक्षा सेवा पूर्वकर्मचारी समाज गठन गरेका छन् । 

अध्यक्ष कट्टेलले समाजमा १४ वटै जिल्लाका शिक्षा क्षेत्रका विभिन्न सवाललाई समेटेर सामाजिक कार्यमा संलग्न हुने विषयमा छलफल गरिएको जानकारी दिए । 

शुक्रबारको छलफलमा राष्ट्रिय परीक्षा बोर्ड कोशी प्रदेश कार्यालयका प्रमुख जीवन गड्तौला, पूर्व उपसचिवहरू टेकेन्द्रबहादुर कार्की, अशोक कालाखेती, राजेन्द्र बुढाथोकी, लीला गौतम, शम्भु भट्टराई, विनोद बसु भट्टराई, उपेन्द्र दाहाल लगायतको उपस्थिति रहेको थियो ।

View : 623

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved