विराटनगर । सामसुङ नेपालले स्मार्ट र सहज होम कुकिङ (घरायसी पाककला) लाई प्रोत्साहन गर्ने उद्देश्यसहित विशेष माइक्रोवेभ मास्टरक्लास सफलतापूर्वक आयोजना गरेको छ ।
कार्यक्रममा १७ वर्षभन्दा बढी अनुभव भएका व्यावसायिक शेफ निमेश उलाकको सहभागिता थियो ।
शनिबार द्वारिकाज प्यालेसमा भएको सो कार्यक्रममा मास्टरक्लासमार्फत सहभागीहरूलाई आधुनिक माइक्रोवेभ प्रविधिबाट घरमै स्वाद र पोषण कायम राख्दै सजिलो तरिकाले खाना बनाउने उपायबारे जानकारी दिइएको थियो ।
कार्यक्रममा सामसुङका सोलो, ग्रील कन्भेक्सन माइक्रोवेभ मोडलहरू प्रयोग गरी व्यवहारिक पाककला सीप सिकाइयो । शेफ उलाकले माइक्रोवेभमार्फत खाना तताउनेदेखि ग्रिल, बेकिङ तथा मल्टि–स्टेज कुकिङसम्मका विभिन्न विधिहरू प्रदर्शन गरेका थिए ।
सामसुङका अनुसार यसको माइक्रोवेभ लाइनअपले व्यस्त जीवनशैली भएका परिवारलाई छिटो, स्मार्ट र सहज कुकिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।
कार्यक्रममा खाना पकाउन रुचि राख्ने व्यक्तिहरू, गृहणी तथा प्रविधिप्रेमी उपभोक्ताहरूको उल्लेख्य सहभागिता थियो ।
सो अवसरमा स्मार्ट थिङ्ग्स एपको प्रत्यक्ष प्रदर्शन पनि गरिएको थियो ।
एपमार्फत माइक्रोवेभसहित बेसपोके एआई वाशिङ मेसिन र रेफ्रिजरेटरजस्ता उपकरणहरूलाई कसरी कनेक्ट गरी दैनिक जीवनलाई अझ सरल बनाउन सकिन्छ भन्नेबारे जानकारी गराइएको थियो ।
सामसुङ नेपालले यस्ता कार्यक्रममार्फत उपभोक्तालाई नवीन भान्सा समाधानसँग जोड्दै घरमै नयाँ परिकार प्रयोग गर्न प्रेरित गर्ने लक्ष्य राखेको जनाएको छ । कम्पनीका माइक्रोवेभहरू देशभरका आधिकारिक स्टोरहरूमा उपलब्ध छन् ।
View : 124
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved