सुन्दरहरैंचा । लायन्स क्लब इन्द्रपुर मोरङको १४औं वार्षिक साधारणसभाले योजना शर्मा ढकालको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । समितिको प्रथम, द्वितीय र तृतीय उपाध्यक्षमा क्रमशः रेवन्त कार्की, कल्पना दाहाल र सुनिता पोखरेल ढकाल छन् ।
सचिव डम्बर कार्की, सहसचिवमा प्रमिला खड्का, कोषाध्यक्षमा जानुका थापा र प्रशासकमा बिना सुवेदी आचार्य छन् ।
त्यसैगरी सचेतकमा रामकृष्ण खड्का, समयपालकमा कृष्ण ओझा, अन्तराष्ट्रिय सेवा कोष संयोजकमा बबिता दाहाल, सदस्यता विस्तार संयोजकमा अनिता अधिकारी, बजारीकरण संयोजकमा घनश्याम आचार्य र सेवा संयोजकमा विक्रम दाहाल छन् ।
समितिका निर्देशकहरूमा बिन्दा दाहाल थापा, गोपालप्रसाद ढकाल, सुजाता सुवेदी, विनायक ढकाल, निर्मला बानियाँ, कुन्ता अधिकारी, सञ्जु ढकाल र शान्ता दाहाल छन् ।
कार्यक्रममा निवर्तमान अध्यक्ष प्रमिला दुलालले आफ्नो कार्यकालमा सम्पन्न भएका विभिन्न गतिविधिहरूको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
सो अवसरमा क्लबका संस्थापक अध्यक्ष भोलेश्वर दुलालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
त्यस्तै, पूर्वअध्यक्षहरू नगेन्द्र दाहाल र टीकाप्रसाद कट्टेल, नेपाल जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष अशोक शंकर तथा इन्द्रपुर खानेपानी संस्थाका अध्यक्ष नवराज चापागाईंले नवगठित समितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।
क्लबले चालु कार्यकालमा ज्येष्ठ नागरिक चौतारी निर्माण, शैक्षिक सामग्री वितरणलगायत विभिन्न सामाजिक सेवामूलक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ ।
साथै आगामी दिनमा पनि समुदायमुखी सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
View : 95
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved