विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिकाको वडा नम्बर ३ स्थित कप्तानगञ्ज भएको घटनापछि गृह मन्त्रालयले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको नेतृत्व गर्न पठाएका प्रहरी नायव महानिरीक्षक (डीआईजी) शेखर खनालले सोमबार रातारात विराटनगर आइपुगेर पदभार ग्रहण गरेका छन् ।
डीआईजी खनालले औपचारिक रूपमा कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दै प्रदेशको शान्ति सुरक्षा, अपराध नियन्त्रण, अनुसन्धानलाई प्रभावकारी बनाउने तथा नागरिकमैत्री प्रहरी सेवामा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल काठमाडौंबाट उनी विराटनगर आइपुगेका हुन् ।
हालै कोशी प्रदेशमा भएका विभिन्न सुरक्षा चुनौती, सीमावर्ती क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण, लागूऔषध ओसारपसार, संगठित अपराध तथा सार्वजनिक सुरक्षा व्यवस्थापनलाई प्राथमिकतामा राख्दै नयाँ नेतृत्वले कार्यसम्पादन गर्ने अपेक्षा गरिएको छ ।
डीआईजी खनालले विशेष गरी सुनसरीको कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न भएको कोशी प्रदेशको शान्ति सुरक्षाको व्यवस्थालाई पूर्ववत् अवस्थामा फर्काउनु पर्ने कठिन चुनाैति पुरा गर्नुपर्नेछ ।
कोशी प्रहरीको नेतृत्व गरिरहेका डिआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय तानिएको छ ।
View : 78
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved