Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

प्रधानमन्त्री कप महिला क्रिकेट

रुबिनाको कप्तानीमा कोशी टिम घोषणा

उद्‌घोष संवाददाता
४ माघ २०८१, शुक्रवार

Advertisement

विराटनगर । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताका लागि कोशी प्रदेशले रुबिना क्षेत्रीको कप्तानीमा टिम घोषणा गरेको छ । 

धनगढीमा जारी प्रतियोगिताका लागि कोशीले १४ सदस्यीय टोली घोषणा गरेको हो । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता महिलाको एक मात्र राष्ट्रिय प्रतियोगिता हो । 

महिला राष्ट्रिय टिमकी पूर्व कप्तान क्षेत्रीको नेतृत्वमा घोषित टिममा काजल श्रेष्ठ (विकेटकिपर), अप्सरी बेगम, संगीता राई, स्मृति कटुवाल, टीका साह, लतिका राजवंशी, बिमला मलाहा, सानु राजवंशी, अलिशा खड खडिया, प्रिन्सा राना मगर, ज्योति खनुवार, निशा साह र भवानी कामत छन् । 

रुबिना, काजल र अप्सरी राष्ट्रिय टिमका पनि सदस्य हुन् । टोलीको प्रशिक्षकमा विरु श्रेष्ठ, टिम व्यवस्थापकमा रोजी जोशी र फिजियोमा रोश्ना राई छन् । 

कोशीले आइतबार आफ्नो पहिलो खेल वाग्मती प्रदेशसँग खेल्दैछ । सोमबार मधेशसँग प्रतिष्पर्धा गर्ने कोशीको टिमले मंगलबार त्रिभुवन आर्मी क्लबसंग खेल्नेछ । 

७ प्रदेशसहित दुई विभागीय टिम आर्मी र सशस्त्र गरी प्रतियोगितामा ९ टिम सहभागी छन् । प्रतियोगितामा नेपाल पुलिसले सहभागिता जनाएको छैन ।

View : 587

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved