Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

विद्यार्थीलाई न्यानो कपडा

उद्‌घोष संवाददाता
१३ पुष २०८०, शुक्रवार

भद्रपुर । रुद्र,गौरी, अम्बिका ओली प्रतिष्ठान भद्रपुरले वीरेन्द्र मावि चन्द्रगढीका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । प्रतिष्ठानले बिहीबार यहाँका कक्षा–१ देखि ८ सम्मका ५० जना विद्यार्थीलाई स्वीटर, मोजा र जुत्ता वितरण गरेको हो । जाडोको मौसममा न्यानो कपडा पाएपछि विद्यार्थीहरु खुसी भएका छन् ।

कार्यक्रममा भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, वडा नं ७ का वडाध्यक्ष अभिषेक ढुंगाना, ओली वंश प्रतिष्ठानका केन्द्रीय अध्यक्ष उमेशचन्द्र ओली, जिल्ला अध्यक्ष भवानी ओली लगायतले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका थिए । 

यसअघि प्रतिष्ठानले झापा गाउँपालिका, शिवसताक्षी र कनकाई नगरपालिका तीन विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरिसकेको प्रतिष्ठानका कोषाध्यक्ष यज्ञराज ओलीले जानकारी दिए ।

शिक्षा र सामाजिक क्षेत्रमा धेरै योगदान दिएका रुद्र ओलीको पदचापलाई पछ्याउदै सामाजिक कार्य गर्ने उद्देश्यले २०६७ सालमा स्थापना गरिएको प्रतिष्ठानमार्फत् एक करोड रुपैयाँको कोष खडा गरेर वार्षिक रुपमा सामाजिक काम गरिदै आएको प्रतिष्ठानका सचिव नारायण ओलीले जानकारी दिए ।

View : 446

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved