Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

इन्द्रपुर जेसिजद्धारा राष्ट्रिय महाधिवेशन गर्ने तयारी

उद्‌घोष संवाददाता
२० जेठ २०८३, बुधवार

Advertisement

सुन्दरहरैंचा । इन्द्रपुर जेसिज सञ्चालक समितिको यस वर्षको दोस्रो बैठकले हालसम्म सम्पन्न भएका कार्यक्रमहरूको समीक्षा गर्दै आगामी कार्यक्रम तथा भावी कार्ययोजनाका विषयमा विस्तृत छलफल गरेको छ । 

संस्थाको प्रभावकारी सञ्चालन, नेतृत्व विकास तथा आगामी गतिविधिहरूलाई थप व्यवस्थित बनाउने विषयमा विभिन्न निर्णयहरू समेत गरिएको जनाइएको छ ।

बैठकले इन्द्रपुर जेसिजले यस भन्दा अगाडि दुइ पटक सफलतापूर्वक क्षेत्रीय सम्मेलन आयोजना गरिसकेको अनुभवलाई आधार बनाउँदै विसं २०८५ मा नेपाल जेसिजको राष्ट्रिय महाधिवेशन आयोजना गर्ने लक्ष्यसहित प्रारम्भिक तयारी अगाडि बढाउने निर्णय गरेको छ ।

सो महाधिवेशन आयोजनाको सम्भाव्यता अध्ययन तथा आवश्यक तयारीका लागि इन्द्रपुर जेसिजका भूतपूर्व अध्यक्ष कृष्णप्रसाद ओझाको संयोजकत्वमा समिति गठन गर्ने बताइएको छ ।

View : 133

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved