Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
समाज

चाम्लिङ तथा बाहिङ भाषा प्रशिक्षण समापन

पूर्णबहादुर भुजेल
१० जेठ २०८२, शनिवार

विराटनगर । विराटनगरमा एक महिनादेखि सञ्चालित चाम्लिङ तथा बाहिङ भाषा प्रशिक्षण समापन गरिएको छ । शुक्रबार किरात राई यायोक्खा महानगर समिति विराटनगरले आयोजना गरेको किरात राई चाम्लिङ तथा बाहिङ भाषा अध्ययन–अध्यापन र साकेला सिली प्रशिक्षण कार्यक्रम एक समारोहबीच समापन गरिएको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दै विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सिकेका कुरालाई बोलीचाली र व्यवहारमा निरन्तरता नदिएसम्म प्रभावकारी नहुने बताए । सोही क्रममा देशमा रहेका १ सय ४२ जातजातिका १ सय २५ भाषा संरक्षणमा सरकार लागिरहने धारणा व्यक्त गरे । 

विराटनगर–११ पिचरा साकेलामार्ग स्थित किरात राई यायोक्खा सामुदायिक भवनमा आयोजित कार्यक्रममा सहभागी ५० प्रशिक्षार्थीलाई  प्रमाणपत्र वितरण गरिएको थियो । प्रशिक्षार्थी कुन्ता राईले भाषा सुन्दा अनौठो र उच्चारण गर्न गाह्रो भएको बताइन् । 

विराटनगर–११ का अध्यक्ष तीर्थेन्द्र न्यौपाने, पूर्वउपमेयर भूराज राई, किरात याक्थुङ चुम्लुङका नगर अध्यक्ष टीका लिम्बू ‘कुमार’, नेपाल आदिवासी जनजाति महासंघका नगर अध्यक्ष सुरेश सिंह गनगाईं,  नेपाल तामाङ घेदुङ महानगर अध्यक्ष विष्णुकुमारी तामाङलगायतले भाषा, संस्कृति तथा परम्परागत ज्ञानको संरक्षणमा यस्ता प्रशिक्षणहरूको भूमिका महत्वपूर्ण हुने बताउ“दै सहभागीहरूप्रति बधाई तथा शुभकामना दिएका थिए । 
किरात राई यायोक्खा विराटनगरकी अध्यक्ष विष्णुकुमारी राईको अध्यक्षतामा सम्पन्न सो समारोहमा सहसचिव बालकुमारी राईले उपस्थित सबैलाई भाषारुपी पुष्पगुच्छाद्वारा स्वागत गरेकी थिइन् । 


 

View : 569

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved