Biratnagar, Morang, Nepal
२५ भदौ २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

मारवाडी संस्थाद्वारा सामूहिक दीप प्रज्वलन

उद्‌घोष संवाददाता
२५ भदौ २०८३, बिहिवार

Advertisement

विराटनगर । मारवाडी सेवा समिति, मारवाडी महिला मञ्च तथा मारवाडी युवा मञ्च विराटनगरले ‘जेन–जी’ आन्दोलनका क्रममा ज्यान गुमाएका तथा रसुवा जिल्लामा आएको बाढीमा परी ज्यान गुमाएका दिवंगत आत्माको स्मृतिमा सामूहिक दीप प्रज्वलनसहित श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा मारवाडी सेवा समितिका अध्यक्ष गोविन्द झुनझुनवाला, मारवाडी महिला मञ्चकी अध्यक्ष सरिता लालवानी र मारवाडी युवा मञ्चका अध्यक्ष मोहित लालवानी लगायतको उपस्थिति थियो  । सहभागीहरूले दीप प्रज्वलन गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका थिए । 

सो अवसरमा उपस्थित सबैले केही समय मौनधारण गरी मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल राष्ट्रिय मारवाडी परिषद्का उपाध्यक्ष भिखमचन्द सरल, सहकोषाध्यक्ष फूलकुमार लालवानी, नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका उपाध्यक्ष गोपाल अग्रवाल, नेपाल राष्ट्रिय मारवाडी महिला संगठनकी सचिव अमिता पेडिवाल, मारवाडी युवा मञ्च विराटनगरका पूर्वअध्यक्ष नन्दकिशोर राठी, पूर्वअध्यक्ष शिवरतन जोशीलगायत समाजका सदस्यहरूको सहभागिता थियो ।

कार्यक्रममा सहभागीहरूले विपद्का कारण ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारलाई आवश्यक सहयोग र सहानुभूति प्रदान गर्न सबै पक्षलाई आग्रह गरेका थिए ।

View : 36

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved