विराटनगर । कवि लोचन रिजालको खण्डकाव्य ‘भोगाइ’ विराटनगरमा सार्वजनिक भएको छ ।
छन्दवाटिका नेपालले आइतबार आयोजना गरेको कार्यक्रममा प्राज्ञ विवश पोखरेल, गंगा सुवेदी, खेम नेपाली, अग्रज साहित्यकार बलराम पोखरेल, छन्दवाटिका नेपालका अध्यक्ष कवि हरि कट्टेललगायतले संयुक्त रूपमा उक्त कृतिको लोकार्पण गरेका हुन् ।
खण्डकाव्य भोगाइ कवि रिजालको छैटौं कृति हो । काव्यलाई छन्द बाटिका नेपालले प्रकाशनमा ल्याएको हो ।
कार्यक्रममा समीक्षक बाबुराम पोखरेलले रिजालको भोगाइ कृति खण्डकाव्य प्रेम र राष्ट्रवादलाई केन्द्रमा राखेर लेखेको पाइएको बताए ।
समालोचक प्राध्यापक कविराज न्यौपानेले काव्य कथाले हाम्रो समाज बोलेको बताए । प्राज्ञ खेम नेपालीले सो काव्य सुकुम्वासी पात्रको पीडालाई अनुभूत गर्दै आएको बताए ।
समालोचक हरि कट्टेलले काव्य आकारमा लघु काव्य भए पनि आख्यान प्रस्तुतिका हिसाबले पूर्ण र खण्डकाव्य बनेको उल्लेख गरे । उनले छन्दमा लेखिएको यो खण्डकाव्य पढ्दा कविको लेखनीसँग आफू निकै प्रभावित भएको पनि बताए ।
View : 211
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved