विराटनगर । विराटनगर जेसीजले विभिन्न स्रष्टा तथा लेखकहरूको कृतिहरू संकलन गरी विविध विधाका २०० भन्दा बढी पुस्तकहरू विराटनगर–१ स्थित त्रिवेणी वाचनालयलाई हस्तान्तरण गरेको छ ।
सो कार्यक्रममार्फत विराटनगर जेसीजले ‘ज्ञानको उपहार ः पुस्तक हस्तान्तरण कार्यक्रम’ सफलतापूर्वक सम्पन्न गरेको हो ।
कार्यक्रममा विराटनगर महानगरपालिका–१ का वडाध्यक्ष काजीबहादुर बस्नेतले पुस्तक दानले समाजमा ज्ञान, चेतना र सकारात्मक सोचको विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
त्यस्तै, वाचनालयका अध्यक्ष तेजराज गिरीले पुस्तकालयको समृद्धिका लागि गरिएको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता अभियानले पठन संस्कृतिलाई थप सशक्त बनाउने बताए ।
विराटनगर जेसीजकी जनसम्पर्क अधिकारी आकृति रानी फुयालले समाजमा अध्ययन, अनुसन्धान तथा ज्ञान आदान–प्रदानको वातावरण सिर्जना गर्ने उद्देश्यले पुस्तक प्रदान गरिएको बताइन् ।
View : 191
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved